काठमाडौं, असार १९—सवारी लाइसेन्स लिन अबदेखि नयाँ नियम लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार अब लिखित र ट्रायल पास गरेर लाइसेन्स पाइने छैन । अब लाइसेन्स लिनका लागि ‘रोड टेस्ट’ अनिवार्य रुपमा पास गर्नुपर्ने हुन्छ । आवेदकले अब ‘रोड टेस्ट’ अन्तर्गत एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको हो। लिखित परीक्षा पछि अब ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ। हाल लिखितपछि ट्रायलमा पास भएपछि लाइसेन्स दिने गरिएको छ।
यदी रोड टेस्टमा फेल भएमा लिखित परीक्षा मात्रै नदिई अरु पुनः दिनुपर्ने भएको छ। केही दिनपछि नै लागू गर्नेगरी तयारी अन्तिम अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
विकसित धेरै देशहरुमा यस्तै व्यवस्था रहेकाले वैज्ञानिक बनाउन नेपालमा पनि लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाले जनाएको छ ।
यस्तै काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने महाशाखाले जनाएको छ ।
Post Top Ad
Sunday, July 2, 2017
Home
Unlabelled
अबदेखि लाइसेन्स लिन नयाँ नियम लागू हुने , यस्तो छ नयाँ नियम
अबदेखि लाइसेन्स लिन नयाँ नियम लागू हुने , यस्तो छ नयाँ नियम
Share This
About Unknown
Ut wisi enim ad minim veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat. Duis autem vel eum iriure dolor in hendrerit in vulputate velit esse molestie consequat.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment